काठमाडौं । नेपालमा प्रतिबन्धित अनलाइन जुवा वान एक्स बेटलाई प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरमाथि प्रहरीले अनुसन्धान सिध्याएको छ । काठमाडौं प्रहरी परिसरले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।
पक्राउ परेका उनीहरुविरुद्ध एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना सजायको माग गर्न सरकारी वकिललाई राय दिइएको काठमाडौं प्रहरी स्रोतले जनाएको छ । सरकारी वकिलले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र दर्ता गर्नेछन् ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४,५ र ६ बमोजिम सजाय मागदावी गर्न राय दिइएको हो । युट्युबर तथा कलाकारले वान एक्स बेटको प्रोमो कोड प्रयोग गरेर सट्टेबाजीलाई प्रवर्द्धन गरेको प्रहरीको दाबी छ । प्रोमो कोड प्रयोग गरेबापत उनिहरुले सट्टेबाजी गर्ने कम्पनीबाट पैसासमेत प्राप्त गरेको दाबी गरिएको छ ।
गत जेठ ३२ गते मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे) राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो)लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend