विराटनगर। मोरङको पथरीशनिश्चरेमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन् । सिकिस्त अवस्थाका बिरामीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जंगली च्याउ खाँदा पथरीशनिश्चरे नगरपालिका–६ का ५३ वर्षीय विजय कविरथ, उनकी पत्नी ५३ वर्षीया काजल कविरथ, छोरा २८ वर्षीय जयराम र छोरी १८ वर्षीया अस्मिता मंगलबार राति बिरामी परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार विजयले घरनजिकको बाँस झ्याङमा उम्रिएको च्याउ टिपेर ल्याएको र पकाएर तरकारीका रूपमा परिवारका सबै जनाले खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘च्याउ खाएपछि परिवारका सबै जना बिरामी परेछन्,’उनले भने, ‘उपचारका लागि राति १० बजेतिर विराटनगर लगिएको छ ।’ प्रहरीले जथाभावी हिसाबले जंगली च्याउ नखान सबैमा अनुरोध गरेको छ । ‘जंगलमा उम्रिएका धेरै च्याउ विषालु हुन्छन् । नचिनिकन खाँदा मानिसको ज्यान जान्छ,’डीएसपी भण्डारीले भने,‘त्यही भएकाले जथाभावी उम्रिएका च्याउलाई तरकारीका रूपमा प्रयोग गर्न हुँदैन । सबै सचेत भएर सावधानी अपनाउन आवश्यक छ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend