Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ


    मंगलबार, असार १९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ हेल्थपोस्टमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सोमबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    सोही नगरपालिकाको वडा नं. ९ का २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री पक्राउ परेका हुन् ।

    उनीहरु दुबै जना डेरी सञ्चालक हुन् । उनीहरुलाई पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीले बताए ।

    दोधारा चाँदनी नगरपालिकामा बस्ने १७ वर्षीया किशोरी आइतबार साँझ सोही नगरपालिका ७ मा आफन्तको जन्मदिन मनाउन गइरहेकी थिइन् ।

    त्यसैबेला हेल्थ पोस्टमा डेरी सञ्चालक उपाध्यायले मोटरसाइकलमा पुर्‍याइदिने भन्दै भित्र बोलाएर जबर्जस्ती गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार