Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मदर मुनको आत्मबृत्तान्तको नेपाली संस्करण सार्वजनिक


    सोमबार, असार १८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । विश्व प्रसिद्ध शान्तिवादी नेतृ डा.हाक जा हान मूनको (मदर मुन) आत्मबृत्तान्त ‘शान्तिप्रिय आमा’ नेपाली भाषामा प्रकाशित भएको छ । कोरियन भाषामा पहिलो पटक प्रकाशित भएपछि संसारका विभिन्न भाषामा उल्था गरी प्रकाशित गर्ने क्रममा आज छायाँ सेन्टरको अलफ्ट होटेलमा आयोजित बिशेष कार्यक्रमका बीच संघीय संसद्को प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उक्त पुस्तक सार्बजनिक गरेकी हुन् ।

    पुस्तक बिमोचनपछि बोल्दै उपसभामुख रानाले डा. हाक जा हान मुनको आत्मबृत्तान्त संसारका सम्पूर्ण महिलाहरुका लागि प्रेरणाको स्रोत हुने भन्दै शान्ति र मानव कल्याणका खातिर उहाँको योगदान अतुलनीय रहेको बताए । अर्का वक्ता पूर्वमन्त्री तथा संघीय सांसद एकनाथ ढकालले मदर मूनको नेपाल र नेपालीप्रति असिम प्रेम र लगाव रहेको बताउँदै सधैं नेपालको उन्नति र प्रगतिमा उहाँको साथ रहेकोमा आभार ब्यक्त गर्दै जीवनमा सफलताका लागि अनवरत संघर्षशील हुनुपर्छ भन्ने संदेश आत्मबृत्तान्तले दिएको बताए ।

    युपीएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा.चाल्र्स याङ्ग र क्षेत्रीय संयोजक मासाइची होरिले शुभकामना संदेश दिदै नेपाल मदर मुनको प्रिय देश रहेको बताउँदै नेपाली आत्मबृत्तान्तले सम्पुर्णा नेपाली लाइ सकारात्मक काम गर्न प्रेरणा मिल्ने बताए । बक्ताहरु लेखिका शोभा ज्ञवाली, बरिष्ठ गायक आनन्द कार्की, प्राचार्य दीपक महर्जन लगायतले पुस्तकको विभिन्न पक्षमा आ–आफ्नो धारणा राखेका थिए । विश्व शान्तिका लागि महिला संघकी बलेसी गाडन ढकालले मदर मुनको शिक्षाले आफ्नो लागि मात्र नभई अरुको लागि पनि सेवा गर्नुपर्छ भन्ने जोड दिएको बताउँदै शान्ति सबैको सामुहिक प्रयासबाट मात्र सम्भव हुने बताइन् । कार्यक्रममा बरिष्ठ संगीतकार मुरलीधर, शिक्षा क्षेत्रकी मंजु कार्की र प्राचार्य दीपक महर्जनलाई ‘शान्ति दूत’ सम्मान प्रदान गरिएको थियो ।

    तत्कालीन उत्तर कोरियामा जन्मिएकी श्रीमती डा.हाक जा हान मुन कोरियाली युद्धसँगै दक्षिण कोरियामा शरणार्थी जीवनदेखि उनकी श्रीमान डा. सन म्योङ्ग मुनसँगको विवाह र त्यस पश्चात् दम्पत्तिको रुपमा जीवनभर विश्व शान्तिको लागि गर्नुभएको जीवन संघर्षका अनुभूतिहरु आत्मबृत्तान्तमा समेटिएका छन् । गीतकार प्रकाशबाबु थापाले संचालन गर्नुभएका कार्यक्रममा सांसदहरु, बुद्धिजीवी, कलाकार लगायत महिला नेतृहरुको सहभागिता रहेको थियो । युपिएफ नेपाल लगाएतका सामाजिक संस्थाद्वारा कार्यक्रमको आयोजना गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार