Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री महतको दाबी– गठबन्धन फेरिनेमा सत्यता छैन, भ्रम फैलाइयो


    शनिबार, असार १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा। अर्थमन्त्री प्रकाशरण महतले यही गठबन्धन अगाडि बढ्ने र गठबन्धन फेरबदल गर्न नहुने प्रस्ट पारेका छन्। नेकपा एमाले र नेपाली कांग्रेसका दोस्रो तहका नेता नयाँ गठबन्धन बनाउने सक्रिय बनेको खबरमा सत्यता नभएको उनले स्पष्ट पारे ।

    ‘यो सबै अफवाह हो, भ्रम हो। संसदमा सबै दलको सबैसँग भेट भइरहेको हुन्छ। त्यसकै आधारमा हामीले के के हुन थाल्यो। यो गठबन्धन नै फेरिन थाल्यो भन्ने भ्रम छ। त्यो भ्रममा कुनै सत्यता छैन’, नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका उनले भने।

    प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले वर्तमान गठबन्धन नै अगाडि बढ्ने जिकिर गरे।

    उनले भने, ‘यो गठबन्धन अगाडि बढ्छ, काम गरिराख्या छ एउटा निश्चित लक्ष्यका साथ। देशमा सुशासन दिने, आर्थिक वृद्धि गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने, देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने यही उदेश्यका साथ काम गरिराख्या छ।’

    यही गठबन्धन अगाडि बढ्ने भएकाले अफवाह र भ्रममा नपर्न अर्थमन्त्री महतकाे अनुरोध छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित गर्दै उनले आकाशको जून तारा झार्छ भन्नलाई सजिलो भएको टिप्पणी गरे। नेपाली कांग्रेस बोल्ने भन्दा देशको आवश्यकताअनुसार काम गरेर देखाउने पार्टी भएको दाबी गरे।

    महत्वकांक्षा, आवश्यकता र स्रोतबीचको ग्यापका कारण भनेजस्तो परिणाम दिने काम गर्न नसकेको उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार