Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा एक किशोरी बलात्कृत


    शुक्रबार, असार ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। काठमाडौंको नागार्जुन नगरपालिकामा एकजना १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ७ का ४५ वर्षीय प्रभुराम सिलवाल रहेका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।​

    सिलवाले ती किशोरीलाई गत सोमवार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार