दैलेख । खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका –४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) किशोर लम्सालले घट्ट पिस्न गएर घर फर्कने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जानकारी दिए । प्रहरीलाई स्थानीयले खबर गरेपछि घटनाबारे सत्य तथ्य बझुन प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।
त्यस्तै, चट्याङ लागेर दैलेखको गुराँस गाउँपालिका –५ मा दुई जना घाइते भएका छन् । स्थानीय रुद्रबहादुर गिरीको घरमा परेको चट्याङ लागेर उनकी श्रीमती ४४ वर्षीया चन्द्रा गिरी र छोरी १६ वर्षीया माया गिरी घाइते भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका दुवै जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको गुराँस गाउँपालिका –५ का वडा अध्यक्ष भूपेन्द्रबहादुर चन्दले जानकारी दिए ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend