दैलेख । खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका –४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) किशोर लम्सालले घट्ट पिस्न गएर घर फर्कने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जानकारी दिए । प्रहरीलाई स्थानीयले खबर गरेपछि घटनाबारे सत्य तथ्य बझुन प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।
त्यस्तै, चट्याङ लागेर दैलेखको गुराँस गाउँपालिका –५ मा दुई जना घाइते भएका छन् । स्थानीय रुद्रबहादुर गिरीको घरमा परेको चट्याङ लागेर उनकी श्रीमती ४४ वर्षीया चन्द्रा गिरी र छोरी १६ वर्षीया माया गिरी घाइते भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका दुवै जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको गुराँस गाउँपालिका –५ का वडा अध्यक्ष भूपेन्द्रबहादुर चन्दले जानकारी दिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend