काठमाडौँ। पोखरामा नेपाल-चीन फेन्डसिप ड्रागनबोट रेस फेस्टिभल (डुंगा कुदाउने प्रतियोगिता) सुरु भएको छ।
उक्त चिनियाँ ‘ड्रागन बोट रेस’ महोत्सवले पोखराको फेवातालमा छुट्टै रौनक छाएको छ।
हातमा नेपाल र चीनको झन्डा बोकेर सयौंको संख्यामा नागरिक फेवाताल छेउ उपस्थित छन्। चिनियाँ नागरिक र स्थानीयको बाग्लो उपस्थितिले फेवाको रौनक बेग्लै छ।
पोखराको फेवातालमा शुक्रबारदेखि ‘नेपाल-चाइना फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिभल’ शुरू भएको छ। महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पोखराका मेयर धनराज आचार्यसँगै चीनबाट आएका चार जना मेयर-उपमेयरले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
प्रतियोगितामा आठ टोली सिचुवान ड्रागनबोट, युवान बोट, एसजी ड्रागन बोट (सिङ्गापुर), चाइना-नेपाल फ्रेन्डसीप ड्रागन बोट (पोखरा), नारा ड्रागन बोट (नेपाल), एनआरसीए बोट (नेपाल), फेवा ड्रागन बोट (नेपाल) र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
डुंगा दौड अन्तरगत पाँच सय र दुई सय मिटरको दूरीमा हुने प्रतियोगिता शुक्रबारदेखि शुरू भएको छ। फेवाताल क्याम्पिङचोकमा शुरू प्रतियोगिता शनिबारसम्म चल्नेछ। प्रतियोगितामा पाँच सय मिटरतर्फ विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाख र तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्।
त्यस्तै, दुई सय मिटर दौडतर्फ विजेताले नगद तीन लाख, उपविजेताले नगद दुई लाख र तेस्रो हुनेले एक लाख पुरस्कार पाउनेछन्।
प्रतियोगिताका लागि चीनबाटै केरुङ नाका हुँदै आठवटा विशेष खालका बोट तथा अन्य आवश्यक सामग्री ल्याइएको छ। प्रतियोगितापछि बोट पोखरा महानगरलाई नै हस्तानन्तरण गरिनेछ।

काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend