Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेवातालमा चिनियाँ ड्रागन रेस


    शुक्रबार, असार ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। पोखरामा नेपाल-चीन फेन्डसिप ड्रागनबोट रेस फेस्टिभल (डुंगा कुदाउने प्रतियोगिता) सुरु भएको छ।

    उक्त चिनियाँ ‘ड्रागन बोट रेस’ महोत्सवले पोखराको फेवातालमा छुट्टै रौनक छाएको छ।

    हातमा नेपाल र चीनको झन्डा बोकेर सयौंको संख्यामा नागरिक फेवाताल छेउ उपस्थित छन्। चिनियाँ नागरिक र स्थानीयको बाग्लो उपस्थितिले फेवाको रौनक बेग्लै छ।

    पोखराको फेवातालमा शुक्रबारदेखि ‘नेपाल-चाइना फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिभल’ शुरू भएको छ। महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पोखराका मेयर धनराज आचार्यसँगै चीनबाट आएका चार जना मेयर-उपमेयरले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

    प्रतियोगितामा आठ टोली सिचुवान ड्रागनबोट, युवान बोट, एसजी ड्रागन बोट (सिङ्गापुर),  चाइना-नेपाल फ्रेन्डसीप ड्रागन बोट (पोखरा), नारा ड्रागन बोट (नेपाल), एनआरसीए बोट (नेपाल), फेवा ड्रागन बोट (नेपाल) र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

    डुंगा दौड अन्तरगत पाँच सय र दुई सय मिटरको दूरीमा हुने प्रतियोगिता शुक्रबारदेखि शुरू भएको छ। फेवाताल क्याम्पिङचोकमा शुरू प्रतियोगिता शनिबारसम्म चल्नेछ। प्रतियोगितामा पाँच सय मिटरतर्फ विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाख र तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन्।

    त्यस्तै, दुई सय मिटर दौडतर्फ विजेताले नगद तीन लाख, उपविजेताले नगद दुई लाख र तेस्रो हुनेले एक लाख पुरस्कार पाउनेछन्।

    प्रतियोगिताका लागि चीनबाटै केरुङ नाका हुँदै आठवटा विशेष खालका बोट तथा अन्य आवश्यक सामग्री ल्याइएको छ। प्रतियोगितापछि बोट पोखरा महानगरलाई नै हस्तानन्तरण गरिनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार