Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेनको आक्रोश: सरकार र अदालत भारतको गुलाम, म अदालतलाई मान्नेवाला छैन्


    बिहिबार, असार ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने मेयर बालेन शाहको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि मेयर शाहले सरकार र अदालत भारतको गुलाम भएको बताएका छन्।

    साथै उनले अदालत र कानुन नमान्ने बताएका हुन्।

    उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका हुन्।

    अदालतको आदेश आएको केहीबेरमा उनले सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका हुन्।

    ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ,’ उनले भने, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार