काठमाडौँ। बझाङमा भएको गाडी दुर्घटनामा निधन भएका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीनैजनाको अन्तिम संस्कार शनिबार गरिने भएको छ ।
सिंहका जेठा छोरा अभिशेक डेनमार्कमा रहेकाले उनी फर्केपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । सिंहका छोरा शुक्रबार नेपाल आइपुग्ने आफन्तले बताएका छन् ।
त्यतिन्जेल तीनैजनाको शव जिल्ला अस्पतालमा राखिने प्रहरीले जनाएको छ । बझाङमा मंगलबार भएको गाडी दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजु जयादेवीको निधन भएको थियो ।
मन्त्री सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार धनगढीको रंगशालामा राखिएको थियो । सिंहको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी र मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय झन्डा ओढाए ।
पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्रीहरू, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, सर्वसाधारण, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय तथा आफन्तले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री शाहले मन्त्री सिंहको मृत्युले प्रदेशले एक कुशल व्यक्ति र सरकारले एक असल मन्त्री गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend