Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इन्धनको मूल्य घटेपछि हवाई भाडा घटाउने तयारीमा प्राधिकरण


    बुधबार, असार ६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्स अपरेटरहरू हवाई भाडा घटाउने तयारीमा रहेका छन् । मंगलबार राति १२ बजेदेखि लागु हुने गरेर नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको थियो ।

    यससँगै, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स अपरेटर्सहरुले हवाई भाडा घटाउने भएका हुन् । प्राधिकरणका प्रवक्ता जगन्नताथ निरौलाले आज दिउँसो बस्ने बैठकले हवाई भाडा घटाउने जानकारी दिए ।

    निगमले आन्तरिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले हवाई इन्धनको मूल्य घटाएको थियो । यससँगै, इन्धनको घटबढका आधारमा हुने हवाई भाडा घटबढको सूत्रअनुसार भाडा घट्ने निरौलाको भनाई छ ।

    यसैगरी प्राधिकरणको सुझावअनुसार हवाई अपरेटर्सहरुले भाडा घटाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार