Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहने


    बुधबार, असार ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने बताइएको छ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

    यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार