Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै


    बुधबार, असार ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो ।

    चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज आज बिहान साढे ९ बजे पोखरा विमानस्थल अवतरण गर्ने छ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।

    नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरू साथमा नै आउने छन् ।

    दक्षिण एसिया मा नै पहिलो पटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुनका लागि ती खेलाडीहरू नेपाल आउन लागेका हुन । सो फेस्टिभल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार