Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • बझाङ दुर्घटना : आन्तरिक मामिलामन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु


    मंगलबार, असार ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बझाङ। गाडी दुर्घटना परी गम्भीर घाइते सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।

    दुर्घटनामा मृत्यु हुनेमा पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीले बताए । घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको डीएसपी केसीले जनाए ।

    सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा आज दिउँसो दुई बजेतिर केदारस्युँ गाउापालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार