Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बझाङ दुर्घटना अपडेट : कानूनमन्त्रीसहित तीनजनाको अवस्था गम्भीर, हेलिकप्टरबाट नेपालगञ्ज लगिँदै


    मंगलबार, असार ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना परी गम्भीर घाइते भएका छन् ।

    आज डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो । बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना हुँदा मन्त्री सिंहसहित ४ जना घाइते छन् ।

    चारजनामध्ये चालकबाहेक अन्य तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार