Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिमका कानुन मन्त्री सिंह सवार गाडी दुर्घटना


    मंगलबार, असार ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन्।

    डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

    उनका अनुसार गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, पीएसओ दिपक भण्डारी, चालक धर्मराज जोशी र जयदेवी सिंह घाइते भएका छन् ।

    उनीहरुको उद्दार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार