Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • व्यवस्थापक, इन्जिनियर र लेखापाल ४ लाख घुससहित पक्राउ


    मंगलबार, असार ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिए बापत चार लाख रुपैयाँ घुस लिने व्यवस्थापक, इन्जिनीयर र लेखापाल उक्त घुससहित पक्राउ परेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु.चार लाख घुसरकम सहित तीन जना कर्मचारीलाई पक्राउ गरेको छ। ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक, झापामा कार्यरत आयोजना व्यवस्थापक सहित तीन जना कर्मचारी पक्राउ परेका हुन्।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीस्थित कार्यालयबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनीयर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो।

    सडक निर्माणका लागि अन्तिम बिल भुक्तानी गर्न सहजीकरण गरिदिए बापत उनीहरूले निर्माण व्यवसायीबाट घुस लिएका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार