Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माइतीघरमा नागरिकता पीडित र प्रहरीबीच घम्साघम्सी


    मंगलबार, असार ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच घम्साघम्सी भएको छ। आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै आज माइतीघरमा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले अहिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।

    मंगलबार भने प्रहरीले उक्त आन्दोलनमा हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग गरेको स्रोतले बतायो।

    राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार