Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री श्रेष्ठले भने- पूर्वी पहाडमा बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ बेपत्ता छन्


    मंगलबार, असार ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अविरल वर्षाका कारण २ असारमा आएको बाढीपहिरोले पूर्वी पहाडमा हालसम्म १० जनाको मृत्यु भएको छ । संसदमा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले शंखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा बाढी पहिरोको क्षतिबारे जानकारी गराएका हुन् ।

    उनका अनुसार ६ जना घाइते र २६ जना बेपत्ता भएका छन् । ५४ घर पूर्ण रूपमा क्षति भएको उनले सदनलाई जानकारी गराए । ‘असार २ गते पूर्वी भागमा अत्यधिक वर्षा भयो । बाढीपहिरोबाट धेरै जनधनको क्षति हुन पुगेको छ,’ उनले भने ।

    राहत तथा उद्धारका लागि सबै निकायलाई निर्देशन दिइएको उनले बताए । बेपत्ता भएकाको खोजी जारी रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार