Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दार्चुलाको खण्डेश्वरी केन्द्रबिन्दु भएर भूकम्प


    मंगलबार, असार ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलाको खण्डेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खण्डेश्वरी आपसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

    पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार