Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार


    सोमबार, असार ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अविरल वर्षापछि पाँचथर याङवारक गाउँपालिका १ फेदी स्थित आएको पहिरोमा परि फसेका व्यक्तिहरूलाई आज नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

    उद्धार गरिएकाहरूलाई अहिले च्याङथापु स्थित विष्णु मा.वि मा ल्याई सुरक्षित राखिएको छ । उनीहरूलाई आज बिहान १०ः३० बजे प्रहरीले उद्धार गरेको हो । पहिरो गएको समयदेखीनै उक्त स्थानमा ईप्रका च्याङथापुबाट प्रनानि भिमराज थेबेको कमाण्डमा प्रहरी टोली खटिइएको थियो ।

    प्रहरीका अनुसार जिल्ला पाँचथर याङवारक गापा १ बस्ने वर्ष ६० नरमाया गुरुङ र निजको १६ वर्षको नाति सन्दीप गुरुङ ,निजको ९ वर्षकी नातिनी कि हिमा गुरुङको उद्धार गरिएको छ ।

    त्यस्तै ८० वर्षको ८० को कृष्ण बहादुर गुरुङ, निजको ६० वर्षीय श्रीमती डिक माया गुरुङ, निजको ३५ वर्षीय छोरा जुहाङ गुरुङ, निजको ३० वर्षीय बुहारी सुनिता गुरुङको उद्धार भएको छ । ४३ वर्षीय बहादुर गुरुङ, निजको ४४ वर्षको श्रीमती मन कुमारी गुरुङ, निजको १६ वर्षको छोरी वर्ष सुस्मा गुरुङ, ७० वर्षको पदम बहादुर खालिङ र निजको ६८ वर्षकी श्रीमती मन माया खालिङलाई पनि प्रहरीले उद्धार गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार