Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुडिरहेको स्कुल बसमा आगो लागेपछि…


    सोमबार, असार ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिरहा लहान नगरपालिका-११ को एक निजी विद्यालयको बसमा एक्कासि आगो लागेको छ।

    पारागन बोर्डिंङ स्कुलको बा १ ख २४४९ नम्बरको बस विद्यार्थी लिन जानेक्रममा आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी टेकुनन्द इवा लिम्बूले बताए।

    ‘सडक बन्दै थियो। बसको तलको भाग डिभाइडरमा ठोक्किएर आगो लागेको हो,ʼ एसपी लिम्बूले भने।

    पूर्व-पश्चिम राजमार्ग लहानस्थित सडक मर्मतको काम भइरहेको छ। त्यही क्रममा ठोक्किएर आगलागी भएको उनले जानकारी दिए।

    ‘मानवीय क्षति पुगेको छैन। बसको आधाभन्दा बढी भाग जलिसकेको छ,ʼ उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार