Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अपराधीहरूको देशमा मलाई बाँच्नु छैन, गुहार माग्न सडकमा आएको छु : प्रेम चलाउने


    सोमबार, असार ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गरेका छन्।

    आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय गरेपछिको विरोध प्रदर्शनमा बोल्दै उनले सत्याग्रह थाल्ने बताए।

    चलाउनेले रुँदै भने, ‘यो गुण्डा र अपराधीहरूको देशमा मलाई बाँच्नु छैन। मैले मेरा सत्याग्रह थाल्छु, मलाई बन्द इजलास र सरकारले पनि न्याय दिएन। म न्याय खोसेर लिन्छु। म गुहार माग्न आएको छु। सडकमा मलाई गुहार दिनुहोला।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार