काठमाडौँ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसंगै उक्त पुर्पक्षका लागि थुनामा पठाएका पुर्वउपप्रधानमन्त्री, एमालेका निलम्बित सचिव तथा निलम्बित सांसद टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप जेलमा एउटै कोठामा बस्ने व्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।
शरणार्थी प्रकरणमा गत शुक्रबार न्यायाधीश न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएपछि रायमाझी बाबु–छोराले एउटै कोठामा राखिदिन आग्रह गरेका थिए ।
उक्त प्रकरणमा उनीहरू बाबुछोरासहित १६ आरोपितलाई शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको थियो । जहाँ दुईवटा छुट्टाछुट्टै ब्लकमा आठ–आठजना राखिएको कारागार प्रशासनले जनाएको छ ।
टोपबहादुर रायमाझी र छोरा सन्दीपलाई एउटै ब्लक भद्र बन्दीगृहमा राखिएको छ ।जेल प्रसासनले टोपबहादुर र छोरा सन्दीपको एउटै कोठामा बस्न पाउनु पर्ने आग्रहलाई अस्वीकार गरेको छ ।
रायमाझीका बाबुछोरा राखिएको ब्लकमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनी गृहमन्त्री हुँदाका नीजिसचिव नरेन्द्र केसी हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा र बिचौलियाद्वय रामशरण केसी र गोविन्द चौधरीलाई राखिएको छ ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend