Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुर्पक्षका लागि थुनामा गएका टोपबहादुरका बाउ–छोराले एउटै कोठामा बस्छौ भनेपछि…


    आइतबार, असार ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसंगै उक्त पुर्पक्षका लागि थुनामा पठाएका पुर्वउपप्रधानमन्त्री, एमालेका निलम्बित सचिव तथा निलम्बित सांसद टोपबहादुर रायमाझी र उनको छोरा सन्दीप जेलमा एउटै कोठामा बस्ने व्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।

    शरणार्थी प्रकरणमा गत शुक्रबार न्यायाधीश न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएपछि रायमाझी बाबु–छोराले एउटै कोठामा राखिदिन आग्रह गरेका थिए ।

    उक्त प्रकरणमा उनीहरू बाबुछोरासहित १६ आरोपितलाई शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको थियो । जहाँ दुईवटा छुट्टाछुट्टै ब्लकमा आठ–आठजना राखिएको कारागार प्रशासनले जनाएको छ ।

    टोपबहादुर रायमाझी र छोरा सन्दीपलाई एउटै ब्लक भद्र बन्दीगृहमा राखिएको छ ।जेल प्रसासनले टोपबहादुर र छोरा सन्दीपको एउटै कोठामा बस्न पाउनु पर्ने आग्रहलाई अस्वीकार गरेको छ ।

    रायमाझीका बाबुछोरा राखिएको ब्लकमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनी गृहमन्त्री हुँदाका नीजिसचिव नरेन्द्र केसी हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा र बिचौलियाद्वय रामशरण केसी र गोविन्द चौधरीलाई राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार