Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ताप्लेजुङ पहिरो अपडेट : बेपत्ता एकको शव फेला


    आइतबार, असार ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार राति सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा गएको उक्त पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो ।

    पहिरोमा पुरिएको अवस्थामा एक शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए । बेपत्तामध्ये ३० वर्षीय गणेश तामाङको शव फेला परेको भन्ने खबर प्राप्त भएको र थप पुष्टि हुन भने बाँकी रहेको प्रनाउ लिम्बूले बताए।

    उनको अनुसार बाँकी बेपत्ता भएका तीन जना ६३ वर्षीया भगीमाया बुडाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुडाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुडाक्षेत्रीको खोजी कार्य जारी रहेको छ । बेपत्ता हुनेको खोजी कार्यमा प्रहरी, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण जुट्दै आएका छन् । उहाँहरू तीन जना एकै परिकारका रहनुभएको पनि प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार