ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार राति सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा गएको उक्त पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो ।
पहिरोमा पुरिएको अवस्थामा एक शव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए । बेपत्तामध्ये ३० वर्षीय गणेश तामाङको शव फेला परेको भन्ने खबर प्राप्त भएको र थप पुष्टि हुन भने बाँकी रहेको प्रनाउ लिम्बूले बताए।
उनको अनुसार बाँकी बेपत्ता भएका तीन जना ६३ वर्षीया भगीमाया बुडाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुडाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुडाक्षेत्रीको खोजी कार्य जारी रहेको छ । बेपत्ता हुनेको खोजी कार्यमा प्रहरी, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण जुट्दै आएका छन् । उहाँहरू तीन जना एकै परिकारका रहनुभएको पनि प्रहरीले जनाएको छ ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend