Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार महासंघ रामेछापमा प्रेस चौतारीको तालाबन्दी


    शनिबार, असार २ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रेस चौतारीले नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा ताला लगाएको छ । महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभएको आरोप लगाउँदै आज प्रेस चौतारीले कालो झन्डा राखेर कार्यालयमा तालाबन्दी गरेको हो ।

    महासंघ रामेछापले मापदण्डविपरीत सरकारी जागिरे र निष्क्रिय रहेकालाई पनि राजनीतिक आस्थाको आधारमा सदस्य कायम नै राखेको तर आफ्नो संगठनका सदस्यको सदस्यता भने खारेजको निर्णय गरेको चौतारीले आरोप लगाएको छ ।

    प्रेस चौतारीले निर्णय सच्याउन ४८ घण्टाको समय दिएको भए पनि सो अवधिमा महासंघले निर्णय नसच्याएकाले तालाबन्दी गर्नु परेको प्रेस चौतारी नेपाल रामेछापले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार