Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीको १८ नम्बर वडा कार्यालयमा तालाबन्दी


    सोमबार, चैत्र १३ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । विद्यालय व्यवस्थापन समितिमा सिफारिसको विषयलाई लिएर स्थानीयहरूले सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    धनगढी उपमहानगरपालिकाको फागुन ३० गतेको बोर्ड बैठकले स्थानीय खप्तडी आधारभूत विद्यालय व्यवस्थापन समितिमा सुवास बस्नेत र सामैला विकलाई सिफारिस गरेको थियो ।

    सिफारिस गरिए पनि वडा कार्यालयले सुवास बस्नेतलाई स्थानीय चन्द्रोदय माध्यमिक विद्यालयमा पठाएपछि त्यसको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीयले बताएका छन् । बस्नेतका समर्थकसहित स्थानीयहरूले उपमहानगरपालिको निर्णय वडा कार्यालयले नमानेको भन्दै तालाबन्दी गरिएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार