Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु


    शनिबार, असार २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पाल्पाको तिनाउ खोलामा डुबेर एक किशोरको ज्यान गएको छ।

    तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित तिनाउ खोला ड्याममा डुबेर एक किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

    मृतक गुल्मी सत्यवती गाउँपालिका-७ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका-३ ड्राइभरटोलस्थित कोठा भाडामा बसेर अध्ययनरत १८ वर्षीय अभिषेक परियार छन्।

    उनी शनिबार मध्यान्हमा तिनाउ खोलामा पौडी खेल्नेक्रममा अचानक डुबेर बेपत्ता भएका थिए। उक्त खबर पाएपछि खटिएको प्रहरीको टोलीले उनलाई साढे १ बजे अचेत अवस्थामा फेला पारेको थियो। उद्धार गरी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाइएको थियो।

    त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार