Nepal Face
  • आइतबार, १० साउन २०८३
  • करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु


    शनिबार, असार २ २०८०
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • वीरगञ्ज। रौतहटमा करेन्ट लागेर हिजो राति दुई जनाको मृत्यु भएको छ।

    करेन्ट लागेर रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपवा टोलका २५ वर्षीय अरुण साह र २६ वर्षीया सितावी पण्डितको ज्यान गएको प्रहरीले जनाएको छ।

    शुक्रबार राति साढे आठ बजे आफ्नै घरको आँगनमा रहेको ट्युबेलमा विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो। साहलाई करेन्ट लागेपछि जोगाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेको थियो।

    दुबै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा डाक्टरले मृत घोषित गरेका प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार