Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटमा करेण्ट लागेर दुई युवकको मृत्यु


    शनिबार, असार २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा करेण्ट लागेर दुई जना युवकको ज्यान गएको छ । बौधीमाई नगरपालिका( ५ कोपवा टोलमा करेण्ट लागेर उनीहरुको मृत्यु भएको हो ।

    मृत्यू हुनेमा स्थानीय ३० वर्षीय अरुण कुमार साह र २८ वर्षीय पण्डित कुम्हाल छन् । धारामा पानी थाप्ने क्रममा विद्युतीय मोटरमा शुक्रवार राति उनी दुबै जनालाई करेन्ट लागेको थियो ।

    करेन्ट लागेर घाइते दुबै जनाको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार