Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेयर बालेनलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण


    शुक्रबार, असार १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

    विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण कार्य रोक्न निर्देशन दिएकोबारे उड्डयन प्राधरणले बालेनसँग स्पष्टीकरण माग गरेको हो ।

    काठमाडौं–९ मा रहेको जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरी पुगेको थियो ।

    महानगरको टोलीले भवन बनाइरहेको क्षेत्रमा लगाइएको तारबार हटाएको थियो भने निर्माण रोक्न भनेको थियो ।

    उड्डयन प्राधिकरणले भने निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी नदिएको बताएको छ । साथै लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्नू भन्ने जवाफ पाएको भन्दै उड्डयन प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ? भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ ।

    यसअनुसार कारवाही भएमा मेयर बालेनलाई ५० हजारसम्म जरिबाना पर्नसक्छ ।

    उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेको निर्णयअनुसार स्पष्टीकरण पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न बालेनलाई निर्देशन दिइएको छ । लिखित स्पष्टीकरण नदिए कानुन बमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार