काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री प्रकाशशरण महतलाई यस्तो बजेट बनाउने बुद्धि र ज्ञान कसले दियो ? भन्दैआक्रोशका साथ प्रश्न गरेका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै सत्तापक्षकै सांसदहरूको रुवाबासी देखेर आफ्नो क्षेत्रमा थोरै बजेट परेपनि धेरै गुनासो नभएको बताए ।
उनको भनाइ जस्ताको तस्तै:
बजेटमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले समर्थन गर्ने, प्रतिपक्षकालेविरोध गर्ने प्रवृत्ति आइरहेको थियो । तर, अन्त्यमा कम फुलिस्टप पनि चेन्ज नहुने जे छ ताली ठोक्ने अगाडि बढ्ने भन्ने कुराहरु भइरहेको थियो । तर, अहिले त सत्तापक्षको सांसदहरूको पनि दुईवटा प्रवृत्ति देखियो । एकथरी साथीहरूको हाम्रोभन्दा बेसी रुवाबासी ।
बजेटमा पहुँज पुग्ने सत्तापक्षका सांसदहरूको सबैभन्दा सुन्दर छ भन्ने । सत्तापक्षबीच पनि विभाजन देखियो । मेरो यसपालि बजेट परेन भनेर धेरै गुनासो छैन । मन्त्रीज्यूले आफू भएको बेलामा आफ्नो ठाउँमा नदेखिने गरी बेसी हाल्ने नै हो भनेर भनिसक्नुभएको छ । त्यो प्रवृत्ति विगतदेखि नै चलेर आएको छ। परेन भनेर भन्नुको अर्थ छैन ।
तर, बजेट बनाउँदा जुन प्रवृत्ति हाबी भएको छ जस्तो हामीले भ्रष्टाचारको विरोध गर्दा, काम भएन, पहिलेको भन्दा भ्रष्टाचार कम भयो भन्दा अहिले धेरै किलोमिटर बाटो बन्यो भनिराख्नुभएको छ । के त्यसो भए हामी पछाडि फर्किने । अहिले जुन प्रवृत्तिको विकास भएको छ त्यसले तपाईंहरूले भनेको व्यवस्थालाई नै कमजोर बनाउँछ ।
केन्द्रबाट बाटोको लागि छुट्याइएको रकम एकलाख दुई भएपनि हुने । यसले कस्तो संघीयता ल्याइरहेको छ बनाइरहेको छ ? यही हो तपाईंहरूले ल्याएको संघीयता ? २० किलोमिटर बाटोका लागि ७० लाख ५ लाख २ लाखपनि छुट्याउनुभएको छ । यस्तो बुद्धि र ज्ञान मन्त्रीहरुलाई कसले दियो ?
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend