Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदित


    शुक्रबार, असार १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय सुनुवाई समितिबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन भएको छ ।

    सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो ।

    बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।

    लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

    आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार