Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बझाङमा भिरबाट लडेर १ जनाकाे मृत्यु


    शुक्रबार, असार १ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बजाङ। बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीया लडे जेठाराको भिरबाट लडेर ज्यान गएको हाे ।

    आफन्त चक्रबहादुर बोहाेराका अनुसार यार्सा सङ्कलन गर्ने ठाउँ पार्थीबाट घर जान हिँडेका उहाँको हलेलीको भिरबाट लडेर ज्यान गएको हो ।

    हिजो भिरबाट लडेका जेठाराको आज बिहान शव फेला परेको छ । घरमा ७३ वर्षकी आमा गदिदेवि बोहाेरा बिरामी परेको खबर पाएपछि जेठारा यार्सा टिप्न छोडेर घर फर्कँदै हुनुहुन्थ्यो ।

    यार्सा सङ्कलनकै क्रममा यस वर्ष सुर्मा गाउँपालिकाका ६ जनाले ज्यान गुमाएका छन् ।

    भिरको बाटो साँघुरो र अप्ठ्याराे भएका कारण भिरबाट लडेर र चिसोले कठ्याङ्ग्रिँएर तथा हिमपहिरोमा परि बर्सेनि यस्ता घटना हुने गरेको वडा–१ का वडाअध्यक्ष दिनेशबहादुर बोहाेराले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार