Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २७ डीएसपीको सरुवा, नयाँ बढुवा भएका ४६ को पदस्थापन


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले २७ डीएसपीको सरुवा गरेको छ । बिहीबार निकालिएको सरुवामा इलाका प्रहरी कार्यालय टीकापुरमा तुल्सीराम अर्याललाई सरुवा गरिएको छ । टीकापुरका डीएसपी उद्धवसिंह भाटले रेशम चौधरीलाई रिहा हुनेवित्तिकै अस्वभाविक रुपमा स्वागत गरेको बिषय विवादमा परेपछि उनलाई तानेर अर्याललाई पठाइएको छ ।

    त्यस्तै काठमाडौं उपत्यकाका केही बृत्तका डीएसपी पनि परिवर्तन भएका छन् । सिंहदरबार बृत्तमा रविन्द्रमान गुरुङको सरुवा भएको छ । मनोजीत कुँवरलाई बालाजु बृत्तमा लगिएको छ ।

    त्यस्तै, बुधबार दज्र्यानी चिह्न लाएका ४६ डीएसपीको पनि पदस्थापन भएको छ ।

    सरुवा र पदस्थापन भएका डीएसपीको सूची

    <iframe src=”https://drive.google.com/file/d/1XKvuyjNk6ZSPjRZ8peW4SAEH5xCkzNfn/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>

    <iframe src=”https://drive.google.com/file/d/1CS6q_vaJ5NqyYsN4-TVRn8vi7DOLH4JI/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार