Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरद्वारा नागरिक उड्डयन प्राधिकरणलाई भवनको नक्सा पेश गर्न ३५ दिनको सूचना


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगल स्थित भवनको नक्सा ३५ दिनभित्र पेश गर्न काठमाडौं महानगरपालिकाले सूचित गरेको छ ।

    काठमाडौं-९ मा निर्माण भएको प्राधिकरणको भवन प्रचलित कानुन बमोजिम नक्सा पास भए, नभएको विवरण पेश गर्न निर्देशन दिएको महानगरको शहरी विकास विभागका प्रमुख सुरज शाक्यले बताए ।

    गत ३ जेठमा एक सूचना निकाल्दै महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सबै घर, भवनको नक्सा अद्यावधिक गर्न, नक्साको विवरण पेश गर्न निर्देशन दिएको थियो ।

    महानगरले प्राधिकरणलाई सोही सूचना अनुसार नक्साको विवरण माग गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार