Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • एमाले सांसद पन्त भन्छन्- भारतलाई कूटनीतिक नोट पठाउनुपर्छ


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । विपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखिएको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने उल्लेख गरेका छन् ।

    आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको बताए । ‘यस्तो नक्शाप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता हो’, सांसद पन्तले भने, ‘यस्तो नक्शाप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु ।

    नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न भएको उनले बताए । भारतका लागि नेपाली राजदूत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गरेको भन्दै उनले प्रष्ट पार्न सरकारसँग माग गरे ।

    ईपीजी प्रतिवेदनको सम्बन्धमा राजदूतले दिएको वक्तव्य पनि खेदजनक रहेको भन्दै एमाले सांसद पन्तले प्रश्न गरे, ‘के ईपीजी प्रतिवेदनबारे राजदूतले व्यक्त गरेको विचारले सरकारको प्रतिनिधित्व गर्छ ? गर्छ भने अत्यन्त आपत्तिजनक छ । ईपीजी प्रतिवेदनबारे नेपाल सरकारले संसदलाई आफ्नो स्पष्ट दृष्टिकोण बताउनुप¥यो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार