Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झाडापखालाका कारण एकै परिवारका दुई जनाको मृत्यु


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नुवाकोट । झाडापखालाको कारण दुप्चेश्वर गाउँपालिका-४ होइमाङमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

    वर्खायाम सुरु भएसँगै वेतिनीको होइमाङमा झाडापखालाको प्रकोप देखिएको हो।

    झाडापखालाले ११ वर्षिया सुनीता तामाङ र ५ वर्षिया आइसानी तामाङको मृत्यु भएको गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए।मृतक सुनिता र आइसानीको उपचारको क्रममा काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।

    झाडापखालाका कारण गाउँका अन्य पनि बिरामी भएको जानकारी आएका कारण गापा कार्यालय समुन्द्रटारमा प्रकोप न्युनीकरणको कार्य सुरु गरेको उनको भनाई छ।

    वेतिनीस्थित होइमाङमा स्थानीय ताम्कोन तामाङको परिवारमा नौ जना झाडापखालाका कारण बिरामी भएको स्थानीयवासीको भनाई छ।

    झाडापखालाका कारण एकै घरका ९ जना बिरामी परेका स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार