Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठकमा आजबाट मन्त्रालयगत छलफल हुने


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा नियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने बताइएको छ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

    यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसद्हरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार