Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई दुर्व्यवहार गर्ने विद्यार्थी नेता पक्राउ


    बुधबार, जेष्ठ ३१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघका नेता पक्राउ परेका छन् । आज सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई पक्राउ गरेको हो ।

    पक्राउ परेका पोखरेललाई अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थपिएको छ ।

    पोखरेल नेतृत्वको समूहले अध्यक्ष दाहालको अनुहारमा सोमवार कालो पदार्थ पोखिदिएका थिए । अध्यक्ष दाहालले पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएपछि विद्यार्थी संगठनको नेतृत्व आक्राशित बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार