Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४५ जना प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान


    बुधबार, जेष्ठ ३१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरू दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरुलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

    दज्र्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जना छन् । ५० अधिकृतमध्ये ४५ जना प्रहरी अधिकृतहरू दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् । पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।

    समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्ने विश्वास लिएको बताए । पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उहाँले निर्देशन दिए ।

    प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई क्रमशः परिस्कृत बनाउँदै लैजाने नीति अनुरूप निश्चित मापदण्ड र प्रणालीको आधारमा पदोन्नति भएको उल्लेख गर्दै आगामी दिनमा व्यक्तिगत स्वार्थ र महत्वकांक्षा भन्दामाथि उठेर संगठनको हितका लागि एक्यवद्ध भई कार्यसम्पदान गर्नुपर्ने बताए । संगठनलाई प्रणाली र प्रद्धतिमा डोर्यादउन सबै प्रहरी कर्मचारीहरू इमानदार हुनुपर्नेमा जोड दिँदै उनले भने–‘धैर्य र निष्ठालाई कायमै राख्न सकेमा उचित समयमा उचित मूल्यांकन हुन्छ ।’

    उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक ड अर्जुन प्रसाद डुम्रेले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगबाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार