काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरू दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरुलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।
दज्र्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जना छन् । ५० अधिकृतमध्ये ४५ जना प्रहरी अधिकृतहरू दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् । पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्ने विश्वास लिएको बताए । पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उहाँले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई क्रमशः परिस्कृत बनाउँदै लैजाने नीति अनुरूप निश्चित मापदण्ड र प्रणालीको आधारमा पदोन्नति भएको उल्लेख गर्दै आगामी दिनमा व्यक्तिगत स्वार्थ र महत्वकांक्षा भन्दामाथि उठेर संगठनको हितका लागि एक्यवद्ध भई कार्यसम्पदान गर्नुपर्ने बताए । संगठनलाई प्रणाली र प्रद्धतिमा डोर्यादउन सबै प्रहरी कर्मचारीहरू इमानदार हुनुपर्नेमा जोड दिँदै उनले भने–‘धैर्य र निष्ठालाई कायमै राख्न सकेमा उचित समयमा उचित मूल्यांकन हुन्छ ।’
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक ड अर्जुन प्रसाद डुम्रेले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगबाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend