Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • प्रचण्ड भन्छन्- केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ, ओली सुध्रिए एमालेलाई पनि ल्याउँछौँ


    बुधबार, जेष्ठ ३१ २०८०
    1.6K
    Shares
    bfª, #! h]7M cu'jf sof{stf{ e]nfdf k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú a'waf/ g]skf -dfcf]jfbL s]G›_ n] bfªdf cfof]hgf u/]sf] cu'jf sof{stf{ e]nfnfO{ ;Daf]wg ug'{x'Fb{} . tl:a/M k|bLk/fh jGt÷/f;;
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको स्पष्ट परेका छन् ।

    माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताएका हुन् ।

    ‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन । समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो । त्यसका लागि उक्त एकता गरिएको थियो ।’

    समाजवादी संयुक्त मोर्चाको वैचारिक दस्तावेजलाई अन्तिम रूप दिइएको जानकारी दिँदै उनले केही दिनमा मोर्चाको घोषणा हुने बताए । ‘हिजोको एकता कायम राख्न सम्भव भएन । तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन’, प्रचण्डले भने, ‘फेरि एकताका लागि पहल गर्नुपर्नेछ । समाजवादी मोर्चाको दस्तावेज टुङ्ग्याएका छौँ ।’

    माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई मिलाएर समाजवादी मोर्चा बनाइने उनको भनाइ छ । ‘केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ । एमालेमा पनि एकताका पक्षधर छन्, उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ । त्यहाँ मुख्य नेतृत्व नै मूलरूपमा एकताको बाधक देखिन्छ,’ प्रचण्डले भने ।

    जनताको ठूलो हिस्सालाई सङ्गठित गरेर मात्रै समाजवादी क्रान्ति सम्पन्न गर्न सकिने जनाउँदै उनले वामपन्थी र कम्युनिष्टबीच एकताको अभियान सञ्चालन गरिने बताए । ‘फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । यसभित्र ठूलो अर्थ छ । जनताको ठूलो हिस्सालाई सङ्गठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई सबैले गम्भीररूपमा सोच्न जरुरी छ । देशका सच्चा वामपन्थी र कम्युनिस्टबीच एकताका लागि व्यापक बहस चलाउँछौँ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार