Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मकवानपुरमा साढे ५४ लाखको सुनसहित एक युवक पक्राउ


    बुधबार, जेष्ठ ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुर-१५ को रातामाटे चोकबाट सुनसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौंबाट जाँदै गरेको प्रदेश २-०३-००१ख ०१५९ नम्बरको बसमा आज बिहान साढे तीन बजे चेकजाँच गर्दा साहलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

    जाँचका क्रममा साहको जुत्ताको नोकभित्र सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको हो । त्यसको मूल्य ५६१.३० ग्राम अर्थात ५४ लाख ४८ हजार ५४२ रुपैयाँ रहेको बताए ।

    डीएसपी कार्कीका अनुसार पक्राउ परेका साहलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार