Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपसभापति खड्का कांग्रेसको कार्यवाहक सभापति


    बुधबार, जेष्ठ ३१ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका छन्।

    पार्टी सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गरेकाले खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन्।

    नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापति बनेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    सभापति शेरबहादुर देउवा उपचारका लागि मंगलबार सिंगापुर गएका छन्।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा नियमित उपचार’फलोअप’का मंगलबार मध्यराति पत्नी आरजु देउवासहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार