काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कानुन विपरित सञ्चालन भएका सबै अस्पताल बन्द गर्ने घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ती पोष्ट गर्दै मेयर शाहले कानुन विपरित सञ्चालन भएका अस्पताल बन्द गराउने चेतावनी दिएका हुन् ।
‘काठमाडौं महानगरपालिकाभित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा र प्रचलित स्वास्थ्य कानून/मापदण्डको पालना नगरेको पाइएमा संघ/प्रदेश मातहतका अस्पतालहरुमा समेत हस्तक्षेपकारी कानूनी कार्वाही गरिनेछ ।’ महानगरले जारी विज्ञप्तीमा भनिएको छ ।
काठमाडौं महानगरको क्षेत्राधिकारभित्र कानुन विपरित सञ्चालन भएका दुईवटा स्वास्थ्य संस्था बन्द गराएको जानकारी दिँदै मेयर शाहले उक्त कार्यलाई थप प्रभावकारी बनाउन महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी स्वास्थ्य संस्थालाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको समेत बताएका छन् ।
त्यस्तै, मेयर शाहले स्वास्थ्य संस्था सुधारको विषय सस्तो लोकप्रियताका लागि नभएको बताएका छन् । ‘स्वास्थ्य संस्थाहरुको सुधारको विषय कुनै सस्तो लोकप्रियताका लागि होइन ।’, उनले लेखेका छन्, ‘कानून व्यवस्था गर्नुको जुन उद्धेश्य छ, सोही अनुसार स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुगोस् भन्ने हाम्रो उद्धेश्य हो ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend