काठमाडौं। काठमाडौंमा भाइले दाइको हत्या गरेका छन्।
हिजो सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोकमा भाइले हतौडा प्रहार गरी दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको आरोप छ।
आमालाई दाइले गाली गरेको झोंकमा भाइले हतौडा प्रहार गरी हत्या गरेको एसपी रिजालले बताए।
दाजुभाइबीच पहिला पनि पटक पटक झगडा हुने गरेको र हिजो बुढी आमालाई गाली गरेपछि झोंकमा उनले हतौडाले हानेका रहेछन्’, उनले भने।
उक्त खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।
घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले काठमाडौं-२५ सिगलबाट मंगलबार बिहान पौने ९ बजे पक्राउ गरेको हो।
यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend