काठमाडौं । सिंहदरबार बैद्यखानाको कार्यकारी निर्देशकमा अहिले डा. रामदेव यादव छन् । उनको नियुक्तिबिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पूर्ण पाठ तयार भइसकेको छ । सर्वोच्च अदालतको उक्त आदेशमा बैद्यखानाको कार्यकारी निर्देशकको दरबन्दी ११ तहको भएको हुँदा दरबन्दी अनुसार मिलन गर्न र बाहिरबाट निमित्त कार्यकारी निर्देशक नबनाउनू भन्ने उल्लेख छ । यदि निमित्तै दिनुपरे वैद्यखानाकै बरिष्ठ कर्मचारीलाई दिनू, आदेशमा उल्लेख छ ।
यादव चोरबाटोबाट बैद्यखाना छिरेका हुन् । नरदेवी आयुर्वेद अस्पतालको निर्देशक रहँदा रंगेहात घुससहित पक्राउ परेका यादवबिरुद्ध अख्तियार दुृरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । रंगेहात घुससहित समातिएका यादवले विशेष अदालतका रजिष्टार अशोक क्षेत्रीलाई घुस बुझाएर प्रमाण नपुगेको भनी सफाइ पाएका थिए ।
पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई प्रभावमा पारी यादव बैद्यखानाको कार्यकारी निर्देशक भएका थिए । उनको नियुक्तिबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । उनको नियुक्तिबिरुद्ध केही दिनअघि सर्वोेच्च अदालतले गरेको ब्याख्यामा कानुन बिपरीत भनेको छ । अदालतको आदेश कार्यान्वयन गर्ने हो भने यादवलाई तत्काल मन्त्रालयले फिर्ता बोलाउनुपर्छ । र, ११ तहको दरबन्दी अनुसार कार्यकारी निर्देशक नियुक्ति गर्नुपर्छ । हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद चिकित्सकको रुपमा ११ तहमा कार्यरत ३ जनामात्रै छन् ।
डा. वासुदेव उपाध्याय ८ बर्षदेखि आयुर्वेद विभागको महानिर्देशक छन् । उनी सचिवमा बढुवा नभएसम्म विभाग नछाड्ने पक्षमा देखिएका छन् । बढुवा हुँदा प्रदेशमा दरबन्दी राखेर संघमा कार्यरत रहेका ११ तहका डा. रामआधार यादव आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको करिब ४ बर्षदेखि कार्यकारी निर्देशकमा कार्यरत छन् । उनको दरबन्दी लुम्बिनी प्रदेश सरकार मातहतको दाङमा अवस्थित आयुर्वेद अस्पतालमा छ । तर उनी मुख्यसचिव शंकरदार बैरागीको कृपामा संघमातहतको दरबन्दीमा कार्यरत छन् ।
त्यस्तै, ११ तहकै डा. प्रदीप केसी नरदेवी आयुर्वेद चिकित्सालयमा साढे ४ बर्षदेखि कार्यरत छन् । ११ तहको संघको २ वटा दरबन्दी रिक्त छ । पदपूर्ति हुने अवस्था तत्काल छैन । प्रदेशमा भएका कर्मचारी संघमा राख्नुपर्ने बाध्यता नभए पनि जनशक्ति नभएको मौकालाई डा. रामआधारले राम्रो प्रयोग गर्न पाएका छन् । सर्वोच्च अदालतले गरेको आदेशलाई कार्यान्वयन गर्ने हो भने डा. रामदेव यादवलाई बैद्यखानाबाट तानेर अहिले भइरहेका ११ तहका चिकित्सकमध्येबाट लानुपर्ने हुन्छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत समक्ष तीनै जनाले यथास्थानमा रहनका लागि राजनीतिक दबाब र प्रभाव पुर्याइसकेका छन् ।
मन्त्री बस्नेतले भन्ने गरेका छन्–आयुर्वेदका ११ तहका चिकित्सकलाई म अहिलेको अवस्थामा चलाउने पक्षमा छैन । एक आयुर्वेद चिकित्सकका अनुसार तीनै जनालाई नचलाउने हो भने सर्वोच्चको आदेशको अवज्ञा मात्र हुँदैन, यदि मन्त्रीलाई त्यही इच्छा छ भने उनीहरुको अवकाश नहुन्जेलसम्म तीनवटै कार्यालयबाट सरुवा नीतिगत ब्यवस्था गर्नुपर्ने अवस्था छ । आयुर्वेदमा तीन जनाको सिन्डिकेट जस्तै छ । हराभरा कार्यालयसहित महत्वपूर्ण बजेटको हिस्सा चलाउनेगरी आयुर्वेद विभागको महानिर्देशक भएका डा. वासुदेवले चलाएको बिभाग अहिले कुपोषण लागेको बच्चाजस्तै भएको छ ।
विभागको समग्र बजेट ५० प्रतिशत घटेर अहिले ४ करोड रुपैयाँमा झरेको छ । डा. मुनकर्ण थापा जस्ता चाकडीबाज सारथीलाई सुरुदेखि नै साथमा लिएका उपाध्यायले बाँकी कर्मचारीको कुरै सुन्दैनन् । योग दिवसमा मन्त्रालयको प्रांगणमा मन्त्री, सचिव र सहसचिवहरुलाई उफारेर तमासा देखाउने बाहेक बाँकी समय आयुर्वेद विभागको भूमिका के छ भने टर्चलाइट बालेर खोज्नुपर्ने अवस्था छ । अहिले विनियोजित ४ करोडको बजेटमा पनि ३ करोड कर्मचारीको तलव भत्तामै खर्च हुन्छ । बाँकी १ करोडबाट विभागले आयुर्वेद चिकित्साको कसरी विकास र प्रबद्र्धन गर्नसक्ला ? उपाध्यायजस्ता अक्षम महानिर्देशककै कारणले गर्दा विभागको बजेट र कार्यक्रम खिईदै गएर झन्डै झन्डै विघटनकै अवस्थामा पुगेको छ ।
छेउमै रहेको स्वास्य सेवा विभागले अरबौंको बजेट परिचालन गर्दा आयुर्वेद विभागका महानिर्देशक उपाध्यायले भने करोडबाट लाखमा झर्ने अवस्थामा पुर्याएका छन् । उनी नै विभागमा रहिरहने भने उनकै कार्यकालमा आयुर्वेद विघटन वा मर्ज हुने संभावना बढेको मन्त्रालयका एक अधिकारीले बताए । लुम्बिनी प्रदेशका उपाध्यायले त्यही क्षेत्रका कांग्रेस नेताहरुलाई पदमा टिकिरहनका लागि हारगुहार गरिरहेका छन् भने सोही प्रदेशका डा. प्रदीप केसी पनि के कम ? उनले पनि कांग्रेस नेताहरुलाई प्रयोग गरी पदमा टिकिरहेका छन् । एमाले निकट उपाध्याय र केसी अहिले खाँटी कांग्रेस बनेको देख्दा आयुर्वेदका चिकित्सकहरु नै दंग परेका छन् । मधेश प्रदेशका यादव पनि मन्त्रीको साइनो पत्ता लाउँदै मधेशका कांग्रेसका नेताहरुलाई प्रयोग गरेकैले होला, मोहनबहादुर बस्नेतले आयुर्वेदका ११ तहका तीन जनालाई म चलाउन सक्दिनँ भनेका होलान् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend