काठमाडौं । विपन्न र सर्वसाधारण जनतालाई झन्डै पाँच दशक बैंकिङ पहुँच पुयाएको हुलाक बचत बैंकको अन्ततः अवसान भएको छ । गाउँगाउँका विपन्न र न्यून आम्दानी भएकाहरूलाई बचत गर्ने बानी विकास गराउने एक मात्रै बैंकका रूपमा हुलाक बचत बैंक रहेको थियो।
ग्रामीण तहसम्म सञ्जाल भएको यो बैंकले जनताको पैसा बचत गर्थ्यो, ब्याज दिन्थ्यो । चाहिएको बखत बैंकबाट साँवा रकम झिकेर आफ्ना आर्थिक समस्या टार्ने गर्थे सर्वसाधारण स्थापनादेखि पुरानै पारावाट चलेको यो बैंक आधुनिक बैंक प्रणालीसँगै हिँड्न नसक्दा अवसान हुन पुगेको हो।
बैंकको पहुँच नपुगेका बेला सरकारले जिल्ला हुलाकमार्फत हुलाक कर्मचारी र सर्वसाधारणमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी बचत गर्ने बानीको विकास गराउने र वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले बैंक सञ्चालन गरेको थियो ।
आर्थिक वर्ष २०३३/३४ मा हुलाक बचत बैंक स्थापना भएको थियो । करिब पाँच दशकदेखि बचत गर्दै आएका बचतकर्ताहरूका लागि सरल र सहज वित्तीय सेवा प्रदान गरेको बैंक अहिले बन्द गर्ने निर्णयमा सरकार पुगेको छ । बैंकमा रकम झिक्नेको भिड लागिरहेको छ ।
स्थानीय तहसम्मै सुविधा सम्पन्न आधुनिक बैंक प्रणाली पुगेपछि हुलाक बचत बैंकमा आकर्षण भएन । तर हुलाक सेवा विभाग र सञ्चार मन्त्रालयमा कार्यरत कर्मचारीहरूलाई ८ प्रतिशत ब्याजदरमा ऋण लिने सुविधा दिइएको छ । त्यस्तै ६ करोडसम्म निक्षेप भएका हुलाक बचत बैंकमा २ जना र ६ करोडभन्दा माथि भएका बैंकमा तीनजना कर्मचारीलाई १ लाखमा २ प्रतिशत ब्याजदरमा ऋण पाउने सुविधा छ ।
१ हजार ६८२ कर्मचारीले २७ करोड १३ लाख ऋण लिएका छन् । सर्वसाधारणको पैसा कर्मचारीले मात्रै लाभ लिने अवस्थाले पनि आकर्षण घटेको हो । ‘ऋणको सुविधा सबैको पहुँचमा बनाउन आवश्यक नीतिगत सुधारमा समेत सरकार उदासीन देखियो। बैंक सञ्चालन गर्न आवश्यक संवेदनशीलता न कर्मचारीबाट भयो न सरकारबाटै भयो,’ विभागका अधिकृत बस्यालले भने । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend