Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोंगबुमा विवाहित युवायुवती झुन्डिएको अवस्थामा मृत भेटिए


    सोमबार, जेष्ठ २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको गोंगबुमा विवाहित युवायुवती झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । टोखा नगरपालिका-९ स्थित होटल ग्रिन नेपालमा गोरखाका राजकुमार नेपाली र तनहुँकी २६ वर्षीया मुस्कान बयक झुन्डिएको अवस्थामा आज मृत भेटिएका हुन् ।

    मुस्कान कोठाभित्र पंखामा र राजकुमार शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । २६ वर्षीय राजकुमार श्रीमतीसहित काठमाडौंमा बस्दै आएका थिए ।

    मुस्कानको परिवार सम्पर्कमा आइनसकेको प्रहरीले जनाएको छ। दुवै जना शनिबार साँझ उक्त होटलमा आएर बसेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार