काठमाडौं। नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चलिरहेको छ ।
आज बहालवाला सचिव टेकनारायण पाण्डेको पक्षमा बहस भयो। पूर्व गृहसचिव पाण्डेको पक्षबाट बहसका लागि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ उभिए। गत आइतबारदेखि सुरु भएको बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्व महान्यायाधिवक्ता श्रेष्ठले दोस्रो पटक बहस गर्दै थिए।
यसअघि अरु नै प्रतिवादीको तर्फबाट बचाउमा बहस गरेका श्रेष्ठले सोमबार सचिव पाण्डेको पक्षमा वकालत गरे। पूर्व महान्यायाधिवक्ता श्रेष्ठले सचिव पाण्डेलाई पक्राउ गर्ने कार्य नै प्रक्रिया र कानुन मिचिएको दाबी गरे।
उनले बहालवाला सचिवलाई पक्राउ गर्नुअघि लोकसेवा आयोगलाई जानकारी दिनुपर्ने र सहमति लिनुपर्ने कार्य समेत पूरा नभएको दाबी उनले गरे।
‘निजामती कर्मचारी त्यो पनि सचिवस्तरको कर्मचारीलाई कुनै अभियोगमा पक्राउ गर्नुअघि कानुनी प्रक्रिया र व्यवस्थाको पालना हुनुपर्छ,’ श्रेष्ठले इजलासमा भने, ‘उहाँ भागेर कतै जाने व्यक्ति होइन। बोलाउँदा आउने भएकाले यसरी रातारात धरपकड गर्ने कार्य गलत छ।’ उनले अभियोग लगाउनुअघि नै दोषी जस्तो व्यवहार भएको गुनासो न्यायाधीशसँग गरे।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नै पूर्वाग्रही भएको दाबी गर्दै अनुसन्धान सुरु गर्नुअघि को निर्दोष छ भनी अनुसन्धान गर्नुपर्नेमा दोषी नै हो भन्ने सोचका साथ अनुसन्धान सुरु गरिएको दाबी गरे। ‘यो प्रकरणमा दोषी हो भनेर अनुसन्धान सुरु गरियो,’ उनले भने, ‘निर्दोष हो कि भनेर अनुसन्धान थाल्दा मात्र सही अनुसन्धान हुन सक्छ। नत्र पूर्वाग्रह देखिन सक्छ।’
बहसकै क्रममा उनले नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दालाई जोडे। उनले क्रिकेटर सन्दीप लामिछानेलाई जसरी उच्च र सर्वोच्चले सर्तसहित रिहा गरे त्यसैगरी सचिव पाण्डेलाई पनि सर्त राखेर धरौटीमा रिहा गर्नुपर्ने माग गरे।
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend